२६ पुस २०८१, शुक्रबार

प्रियंका चोपडा विश्वका सर्वाधिक शक्तिशाली महिलाको सूचीमा


कार्तिक १८ | अभिनेत्री प्रियंका चोपडा विश्वको सर्वाधिक शक्तिशाली महिलाको सूचीमा परेकी छन्। विश्वप्रसिद्ध पत्रिका ‘फोब्स’ले सार्वजनिक गरेको सूचीमा उनी ९७ औँ नम्बरमा परेकी हुन्। उनी विश्वका १०० शक्तिशाली महिलाको सुचिमा पहिलोपटक सामेल भएकी हुन् ।
संचार तथा मनोरञ्जन उद्योगका महिलाको सुचिमा भने उनी १५ औं स्थानमा अटाएकी छन्। उनी प्रसिद्ध बेलायती लेखिका जेके रोलिङ भन्दा एक स्थान तल छिन्। उनी एकसाता अगाडि मात्र सर्वाधिक पारिश्रमिक बुझ्ने टेलिभिजन सेलेब्रेटीको सूचीमा परेकी थिइन। चर्चित अमेरिकी शो ‘क्वान्टिक’को लागि उनले एक वर्षको अवधिमा करिब १० मिलियन अमेरिकी डलर पारिश्रमिक बुझेको बताइन्छ। यो सुचिमा उनी ८ औ नम्बरमा छिन्।
शक्तिशाली महिलाको सूचीमा जर्मन चान्सलर एंजेला मर्केलले कब्जा जमाएकी छन्। दोस्रोमा भने बेलायती प्रधानमन्त्री थेरेसा परेकी छिन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !