४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा शनिबार पोखरा जादै


कार्तिक १०, कास्की | नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा शनिवार पोखरा जादै हुनुहुन्छ । नेपाली काँग्रेस कास्कीले शनिवार पोखरा प्रदर्शनी केन्द्रमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्न उहाँ पोखरा आउने सभापति कृष्ण केसीले जानकारी दिनुभयो।

कास्की काँग्रेसका सदस्य नवीन सिग्देलका अनुसार, प्रधानमन्त्री देउवाको उपस्थितिमा शनिवार विहान नौ बजे पोखरा प्रदर्शनी केन्द्रमा हुने कार्यक्रममा अखण्ड नेपालका नेता तथा कार्यकर्तालाई स्वागत र पोखराका केहि प्रतिष्ठित व्यत्तित्वहरुलाई काँग्रेसमा प्रवेश गराईने छ।

यसअघि शनिवार ११ बजेका लागि तय गरिएको कार्यक्रम पार्टी सभापति एवं प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण नौ बजेका लागि सरेको हो। कार्यक्रमका सहभागिताका लागि कास्की काँग्रेसले नेता तथा कार्यकर्ता, शुभेच्छुक र सम्पूर्ण लोकतन्त्रप्रेमीलाई आव्हान गरेको छ। कार्यक्रम सके लगत्तै शनिवार नै प्रधानमन्त्री राजधानी फर्कने कार्यक्रम छ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !