१३ बैशाख २०८१, बिहिबार

निन्द्रा कति आवश्यक छ ?


सुतेर
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानव स्वास्थ्यमा जति आवश्यक खानाको छ त्यति नै निन्द्राको पनि आवश्यक । जब हामी दिनभरि काम गर्छौं काम गरेको थकाई मेट्न हामीलाई निन्द्राको आवश्यक हुन्छ । जसरी हामीलाई बाँच्नका लागि पानी, हावा, खाना चाहिन्छ ।

निन्द्रा एकै किसिमको नहुन सक्छ । स्वस्थ्य जीवनका लागि गहिरो र पर्याप्त निद्रा आवश्यक हुन्छ । हरेक मानिसलाई ७ वा ८ घण्टाको निद्रा आवश्यक हुन्छ । तर, यसमा अवधिले मात्र हुँदैन, निद्राको स्तरले पनि अर्थ राख्छ । अर्थात निद्रा गहिरो हुनुपर्छ ।

निद्रा पर्याप्त मात्रामा लिन सकिएन भने त्यो रोगको जड बन्छ । उच्च रक्तचापदेखि डिप्रेसन लगायत थुप्रै रोग अनिद्राले निम्ताउन सक्छ । शरीरमा निद्राको कमी भएमा उच्च रक्तचाप, मुटुको रोग, मुटु सम्बन्धि समस्या, डिप्रेशन सम्बन्धि समस्या निम्तिने गर्छ ।

निद्राको कमी हुनुमा डिप्रेसन पनि प्रमुख कारण मानिन्छ । यद्यपी, जुनसुकै उमेरका मानिसलाई पनि यो समस्या छ भने यसको पछि अन्य कयौं कारण हुन सक्छ । यसले मानिसको स्वास्थ्यमा नकरात्मक प्रभाव पर्न थाल्दछ । स्वस्थ रहन समयमा सुत्ने बानी बसाल्नु पर्दछ ।

अमेरिकास्थित ड्यूक विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार नियमित ७ घण्टा नसुत्ने व्यक्तिमा उच्च रक्तचाप तथा रगतमा चिनीको मात्रा बढ्ने गर्छ । यसबाट बच्नका लागि पनि दैनिक ८ घण्टा सुत्न जरुरी छ ।

आजकाल मोवाइलको अत्यधिक प्रयोगले निन्द्रामा बाधक भएको एक अध्ययनले देखाएको छ । मानिस रोगी हुनुमा पनि मोबाइल फोनको अत्यधिक प्रयोगलाई मानिएको छ । स्वस्थ रहन प्रयाप्त निन्द्रा आवश्यक छ ।

चिकित्सकहरुका अनुसार निद्राको क्रममा उच्च रक्तचाप तथा सुगरलाई नियन्त्रित गर्ने हर्मोनको स्राव हुने गर्छ । जबकी निद्राको कमी भएमा यस्ता हर्मोनको सन्तुलन बिग्रिएर उच्च रक्तचाप तथा मधुमेह जस्ता समस्या निम्तिने गर्छ ।

स्वस्थ रहन प्रयाप्त निन्द्रा आवश्यक हुने हुनाले ठिक टाइमा खाना खाने र खाएको १ घण्टापछि सुत्ने बानी बसाल्नु पर्नेछ । यदि हामी ९ बजे दैनिक सुत्ने समय गर्छौ भने ५ बजे उठ्दा हाम्रो निन्द्रा पुरा भएको हुन्छ । स्वस्थ रहन समयको ठूलो हात हुन्छ । खानपान रहन सहनमा हामीले लापरबाही गर्छौं भने यसको नतिजा सकरात्मक होइन नकरात्मक हुदै जानेछ ।

यदि स्वस्थ राम्रो होस् भन्ने सोच भएमा सुत्ने बेला एक गिलास दूधको सेवन गर्नुस् प्रात उठ्नासाथ अन्दाजी ४,५ गिलास जति पानी नित्य सेवन गर्ने बानी बसाल्नुस यसले किड्नी लिभर ग्यास्ट्रिक रक्तचाप मधुमेह जस्ता रोगमा राम्रो फाइदा पुग्दछ । स्वास्थ्य धन हो भने रोग ऋणको पोको हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !