एपेन्डिसाइटिस रोगले समयमा उपचार पाएन भने मान्छेको ज्यानै जान पनि सक्छ । एपेन्डिक्स भन्ने अङ्ग सुन्निएको अवस्थामा एपेन्डिसाइटिस हुन्छ । कहिलेकाहीँ त फुटिसकेको पनि हुन सक्छ । एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि रहेको अङ्ग हो । सन् १८८६ मा रेगीनाल्डले पहिलोपल्ट एपेन्डिसाइटिसका बारेमा तथ्य बाहिर ल्याएको पाइन्छ ।
यस रोगका लक्षणहरु
नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ ।
एक वा दुईपटक उल्टी हुन सक्छ ।
साधारणतया १०० डिग्री फरेनहाइटसम्मको साधारण ज्वरो देखिन्छ ।
कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ ।
कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ ।