१३ बैशाख २०८१, बिहिबार

मान्छे किन बुढो हुन्छ ?


मान्छे किन बुढो हुन्छ ?

यो प्रश्न हरेकको मनमा जाग्नु स्वभाविक हो । तर चाँडो बुढो हुनुको रहस्य समयमा जान्न र बुझ्न सके यसले चाँडो बुढो हुनबाट रोक्न ठूलो मद्दत गर्ने कुरामा दुईमत छैन । आउनुस् यस बारेमा जानकारी हासिल गरौं ।

बुढो हुनु स्वभाविक जीवन प्रक्रिया भएपनि गलत खानपान र जीवनशैलीका कारण आजकल कतिपय मानिसहरु उमेर नपुग्दै बुढो देखिन्छन् । मान्छे बुढो हुनुको पछाडि गलत खानपिन रहन सहनमा ठूलो भरपर्छ ।

अनावश्यक सोच तथा चिन्तनले हामीलाई बुढो बनाउन ठूलो मद्दत गरेको हुन्छ । समयमा खाने, सुत्ने, आराम गर्ने वा व्यायाम गर्ने गर्दा यसले मानिसको शरीरमा ठूलो परिवर्तन ल्याएको हुन्छ तर यस्का लागि हामीले समय छुट्याउन नसक्दा मानिस चाँडो बुढो देखिन्छ ।

हाम्रो स्वास्थ्य ठिक होस् भन्नाका लागि सहि मात्रा र स्वथ्यकर खाना नखाइदिदा यसले शरीरलाई उमेर नपुगी बुढो पार्ने गर्दछ । हामीले खाने गलत खानाको असर मुटुमा पर्न जान्छ र यसले बिस्तारै शरीर गल्दै जान थाल्दछ ।

बढ्दो प्रविधि, शहरीकरण र यातायात सुविधाका कारण मानिसहरु हिड्ने वा शरीरलाई परिश्रम हुने काम कम गर्दछन् । लगातार बसेर काम गर्ने, खाने वा आराम गर्ने बानीले शरीरमा क्यालोरी बढाउँछ । जसले मुटुका साथै शरीरलाई असर पार्दछ ।

हामीले शारिरिक व्यायाम गर्दैनौ यसको असरले गर्दा हामीले खाएको खाना चाँडो पच्दैन यसैको प्रतिफल स्वरूप हामीलाई नानाथरीका रोगले असर गर्दै जान थाल्दछ । तल केहि पुदा दिइएको छ यसतर्फ हाम्रो ध्यान पुग्न सक्छ भने चाँडो बुढो हुनबाट यसले रोक्नेछ।

१. औषधि

अति आवश्यक परेको बेला पारिवारिक डाक्टरको परामर्शमा औषधि लिने र सकेसम्म एन्टीबयोटिक मेडिसिन नलिने गर्नुपर्छ ।

२. मासु सकेसम्म नखाने मासुमा मासु बढाउन सुइ लगाउने गरेका हुनाले यो सुरक्षित छैन । मासुले स्वास्थ्यलाई फाइदा होइन बेफाइदा बढी गर्ने गरेको हुन्छ । वइलर मासु सवैभन्दा स्वास्थ्यमा हानीकारक तत्व अन्तर्गत पर्दछ । यसको मासु खानु भनेको रोग बढाउनु हो ।

३. हाम्रो भान्सामा हरियो सागसब्जी अनिवार्य प्रयोग हुनुपर्छ ।

४. हाम्रो खाना ७५% काँचो हुनुपर्छ । फल फुल सकेसम्म बढी हुनुपर्छ ।

५. औषधि हमेसा सकेसम्म आयुर्वेदिकनै खानु राम्रो हुनेछ । यसले एलोपथिक जस्तो असर कम गर्ने हुन्छ ।

६. धुम्रपान

धुम्रपान कुनै पनि हालतमा शरीरका लागि फाइदाजनक हुदैन । यसले रगतलाई असर गर्दछ । यसले फोक्सोदेखि मस्तिष्कसम्म असर पार्दछ ।

७. सुर्तीजन्य पदार्थको अत्यधिक सेवन गर्नाले रगतको प्लेटलेट्स पनि नष्ट पार्दछ । धुम्रपानले शरिरमा खराव कोलेस्ट्रोलको मात्रा पनि बढाउने भएकाले शरीर जीर्ण हुदै जान्छ ।

८. मदिरा सेवन

मदिरा सेवनले रक्तचाप बढ्छ साथै मुटुलाई प्रभावित पार्दछ । शरीरमा भएको भिटामिन बी र सीलाई समेत मदिराले नष्ट पार्दछ । इम्युनो सिस्टमलाई समेत नस्ट गर्दछ ।

९. व्यायाम

शरीरका लागी बल पर्ने परीश्रम नगर्नेहरुले व्यायामका माध्यमले शरिरलाई फिट बनाउनु पर्दछ । अन्यथा शारीरीक श्रम वा ब्यायामका अभावमा मुटुमा असर पार्ने काम गर्दछ ।

१०. चिन्ता र तनाव मानीसको ठूलो शत्रु हो

चिन्ता वा तनावले समेत मानिसलाई बुढो देखाउन मद्दत गर्दछ । यसले मुटुको स्वास्थ्यमा निकै घातक साबित हुन्छ । मानिसको सवैभन्दा ठूलो रोग यही हो । यसको माध्यमबाट पनि मान्छे चाँडो बुढो हुने गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !