१३ बैशाख २०८१, बिहिबार

उपचार रोगको भन्दा गर्नुपर्छ मानसिक चिन्तनको


मानसिक चिन्तन
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज विश्वमा फैलाइएको नोबेल कोरोना भाइरसको कहरले विश्व मानव त्रसित बनाएको छ । यसले केही नगरेपनि मानव मस्तिष्कमा एक प्रकारको डर फैलाइएको देखिन्छ । यस्तो घडीमा डर होइन डटेर मुकाविला गर्नुपर्छ ।

रूघा लाग्नु, ज्वरो आउनु सामान्य कुरा हुन तर यस्ता रोग लाग्नासाथ उपचार नपाउनु गलत हो । मान्छे मर्नुको पछाडि हिनभावना र मानसिक चिन्तनले मानिसको आयु छोटो बनाई दिएको छ ।

रोगलाई जित्न गार्हो छैन तर बिचलित मनलाई बस्मा वशमा पार्न सकिन्छ भने सबैभन्दा ठूलो उपचार यसलाई सम्झनु पर्दछ । ज्वरो आएको छ, रूघा लागेको छ भने यी सामान्य प्रक्रिया हुन तर हिनभावनाले यसलाई ठूलो बनाई स्वास्थ्यसंग खेलवाड भइरहेको देखिएको छ ।

एक पटक एकजना विरामी उपचार नपाएर हामी काहाँ ल्याइयो हामीले उहाँको हिनभावनालाई पोको पारेर फालि दिएका थियौं । आज उहाँ स्वस्थ हुनुहुन्छ । डराएको मान्छेलाई अझ डर थपि दिए उ मर्छ यसले कुनै पनि दिएको औषधि सेवन गर्दैन ।

रोगको उपचार सजिलो छ तर प्रयोग गर्न नसक्दा र औषधि चिन्न नसक्दा गार्हो भएको हजारौंको गुनासा हामीले पायौं । जडिबुटी जस्तो उपचार केही रहेन यसले आंशिक होइन दिर्घकालिन रूपमा काम गर्ने गरेको हाम्रो अनुभवले देखाएको छ ।

एलोपेथिक उपचार गर्दा कडा खालको औषधि हुन्छ खान्छ उसको शरिरमा भएको बललाई समाप्त पारि दिन्छ । उ उठेर हिड्न सक्दैन यसको मनमा हिनभावनाले जन्म लिन थाल्छ अन्तमा उसले कमजोर लाई हटाउन प्रयास गर्दैन र लामो समय थला परेको हुन्छ ।

यसरी कमजोर शरिरलाई औषधि होइन डाइटको खाँचो भएको हुन्छ । उसलाई रोग प्रतिरोधक प्रणाली बढाउने खालको उपचार गराउनु पर्दछ । जस्तै फल फूलको जुस दिनुहोस् उसको मनलाई बलियो बनाइदिनुहोस् अनि हेर्नुहोस् केही दिनमा रोगीको रोग त्यसै समाप्त हुदै जान थाल्नेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !