१३ बैशाख २०८१, बिहिबार

ख्याल गर्नुहोस्, यदि तपाई पनि कम सुत्ने गर्दै हुनुहुन्छ भने निम्त्याउन सक्छ यस्ता गम्भीर रोग


सुत्ने

एजेन्सी । हरेक मानिसले आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नको लागि पनि निन्द्रा महत्वपूर्ण हुन्छ । त्यसैले गर्दा पनि कम सुत्ने गर्नाले मानिसको शरीरमा गम्भीर असर पर्ने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । जो व्यक्ति ८ घण्टाभन्दा बढी लगातार काम गर्ने गर्छन् तिनीहरुका लागि निन्द्रा पनि उत्तिकै जरुरी हुन्छ । जर्मनीको विश्वविद्यालय युनिभर्सिटी अफ बनमा गरिएको एक अध्ययनका मुख्य लेखक ड्यानियल कुएटिन्गका अनुसार लामो समयसम्म काम गर्नेहरुलाई मुटुका धमनीहरु खुम्चिने, उच्च रक्तचाप, मुटुको धड्कन अस्वभाविक रुपमा बढ्ने जस्ता समस्या देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !