१३ बैशाख २०८१, बिहिबार

माया के लाई भन्दछन् ?


माया

प्रेम भनेको दुई आत्माको पवित्र मिलनलाई माया भनिन्छ । स्वार्थ बस गरिएको प्रेम भनेको धोखा हो फरेब हो । आज महिलामाथि जति पनि घटना भएका छन् सवै एकतर्फी प्रेमको कारणले गर्दा भएको देखिन्छ । माया दोहोरो हुनुपर्छ तब मात्रै सार्थक हुनसक्छ ।

एउटा पुरूषले गर्ने मायामा कि स्वार्थमा गरेको हुन्छ कि त जीवन साथी पाउनका निमित्त गरेको हुन्छ । प्रेम शब्द आफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ, फेरि पनि कसले कसरी बुझ्ने, कस्तोलाई माया भनेको कस्तो हुन्छ गहनतम अध्ययन जरुरी पक्कै पनि छ ।

विशेष प्रेम शब्द सुन्ने बित्तिकै माया मोह अनि जिन्दगी सम्झनेहरुको जमात मात्रै होइन, प्रेम शब्द सुन्नै नचाहनेहरु पनि कम छैनन् यहाँ । यहाँ प्रेम शब्दको अर्थमा विविधिकरण खोज्नु भन्दा पनि शब्दको अर्थ एउटैलाई पल भरमै किन फरक-फरक हुने गर्दछ भन्ने गम्भीर देखिन्छ ।

प्रेम शब्द खोज्दै र भोग्दै जाँदा बाल्य अवस्थाका ती नि:स्वार्थ प्रेम जहाँ एक अर्काका खुशी भलो कै चाहना हुने गर्दथे तर कसैले सम्झन चाहदैनन् ती स्वर्णिम पलहरु किनकी समयको चक्रले पिरोलिरहेको हुन्छ सदैव उनीहरुलाई ।

यहाँ उनीहरु भनेका तिनीहरु हुन जो समय समयमा प्रेमको परिभाषा नै बदलिदिएका हुन्छन्, समाजले, संसारले मानोस् नमानोस् उनीहरुले भनेपछि पुग्यो त्यहाँ । यहाँ हामीले के बुझ्न जरूरी छ भने महिला युज गर्ने मात्र होइन एउटा बिग्रिएको घरलाई बरबाद हुनबाट बचाउने भुमिका देखि घरलाई स्वर्ग र बनी सकेको घरलाई नर्क बनाउने काम इनै महिलाबाट भएको हुन्छ ।

महाभारतको लडाई इनै महिलाका कारण भएको थियो रावणले सिता हरन नगरेको भए रामको हातबाट यिनै महिलाका कारण मर्नुपर्ने थिएन । यहाँ पुरूष मात्र होइन महिला पनि दोषी छन् । नचिनेको व्यक्तिलाई साथी बनाउनु फोनमा कुरा गर्नु सवै गलत छन् ।

आज हामीले सवैभन्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा आफ्नो सन्तानको बिचारलाई बुझ्न आवश्यक छ । माता पिताको कारणले पनि सन्तान बिग्रिएको धेरै घरहरू छन् । बच्चालाई बढी दबाबमा राख्नाले पनि यस प्रकारको घटना घट्न सक्छ ।

आर्थिक प्रलोभनमा परेर पनि सन्तान बिग्रन सक्ने सम्भावना हुनसक्छ यसतर्फ ध्यान दिन आवश्यक छ । पैसा यो सबैको जड हो यदि हामीले सन्तानको चाहना पुरा गर्न सकिन्छ भने यस प्रकारको घटना नहुन सक्छ भन्ने हामीलाई लागेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !