चेत प्रसाद तिमिल्सिना नेपाल प्रहरीमा काम गरेर रिटायर हुनु भएको हो । प्रहरीमा जागिर खादा नेपालका बिशिष्ट राजनीतिज्ञहरु, भुतपुर्व प्रधानमन्त्रीहरुको पिएसोको काम गरिसक्नु भएको छ । उँहाले नेपालको पहिलो संबिधान सभामा मर्यादापालकको रुपमा पनि काम गर्नुभयो । उँहासँग सिङापुर गएर सेक्युरिटी गार्डको काम गरी बिदेशमा काम गरेको अनुभव पनि छ । हाल उँहा साल्ट ट्रेडिंग कर्पोरेसन लिमिटेड कालीमाटीमा कार्यरत हुनुहुन्छ । जहिले ठुल–ठुला नेता, विद्वान तथा उद्योगपतिहरुको अन्तर्वार्ता मात्र नभएर समाजमा तल्लो तहमा बसेर भएपनि धेरै ज्ञान, अनुभव हासिल गरी राष्ट्रको सेवा गरेका आवाज बिहिन नेपालीहरुमा समर्पित नेपालपत्र आवाज बिहिनहरुको आवाज भन्ने नेपाली पत्रकारितामा बिल्कुलै पृथक नयाँ स्तम्भ नेपालपत्र अनलाईनले शुरु गरेको छ । यसरी नेपाल प्रहरी, मर्यादापालकदेखि सुरक्षा गार्डसम्म भएर काम गरेका अनुभवी चेत प्रसाद तिमिल्सिनासंग नेपालपत्रको आवाज बिहिनहरुको आवाज नामक स्तम्भमा नेपालपत्रका संवाददाता राम मगरले गरेको कुराकानी ।
१. तपाईंले जीवनमा धेरै संघर्ष गर्नुभएको छ, आजको अवस्था सम्म आइपुग्दा तपाईंको परिभाषामा जीवन के हो ?
जीवन भनेको एउटा संघर्ष हो । संघर्ष गर्दा शिक्षा पाएको जस्तै लागेको छ । त्यसवाट विभिन्न किसिमका भएका कुराहरुवाट शिक्षा लिएर कुनै पनि ठाउँमा संघर्ष गर्दा काम गर्न सहज हुँदोरहेछ भन्ने महसुस भयो ।
२. तपाईंको शिक्षा र पारिवारिक अवस्था के कस्तो रहेको छ ?
शिक्षा भनेको कोहि संघर्षवाट आएको हुन्छ । कोहि अनुभवको शिक्षा नै हो । म त्यसरी बुझ्छु । शिक्षाको बारेमा मैले ८ कक्षासम्म पढेको हो । पारिवारिक अवस्थामा मैले समय अनुसार घरपरिवारलाई आफुले गरेका संघर्षहरुलाई पनि विर्सनु हुन्न । जहाँ गएपनि आफ्नो सीप र कलालाई जीवनमा कहिले पनि भुल्नुहुन्न भन्ने मेरो संघर्षले गर्दा म मेरो परिवारलाई यहि भन्छु । जुन कुराहरु पढ्नेले पनि त्यहि हिसावले पढी दिनुपर्यो र नपढ्नेले पनि लगनशीलताका साथ जानुपर्छ । मेरो परिवारमा दुई भाई छोराहरु र एउटी छोरी छिन् ।
३. तपाईंको बाल्यकाल र बिगतबारे पनि केहि बताइदिनुहोस् ?
मेरो बाल्यकाल भन्नु धेरै लामो छ । म धेरै संघर्षले हुर्किएको मान्छे हु। तीन वर्षदेखि आमा वावाको काखमा भएन । अब आमा वावाको काखमा नभएपछि कसरी हुर्किन्छ भन्ने कुरा दु:ख भोग्ने मान्छेलाई थाहा नै हुन्छ । म तीन वर्षको उमेरदेखि रामेछाप जिल्लाको धारा पानी गुन्सी भधौरे भन्ने गाबिस छ । त्यहाँ वावाको पुर्खौली घर रहेछ । दाजुभाईहरु पनि त्यहि छन् । त्यस्तो दु:खत घडीमा वावा आमा तीन वर्षदेखि नभएको खण्डमा वावाको साईलो काकाको साथमा लगेर मरे फाल्दिनु, बाचे पाल्नु सम्पति छ भनेर वावाले त्यहाँ लगेर छोडिदिनुभयो । मेरो लागि त्यो कष्टकर आठ वर्ष जीवन विताएर हुर्किए । अहिले खान लगाउनलाई पनि अलिक त्यो चार पाँच वर्षको उमेरमा मलाई हेक्का रह्यो । आमा वावा भई दिएको भए किन दु:ख हुन्थ्यो भन्ने मैले महसुस गरे । धेरै दु:ख-कष्टको क्षण आमा वावा हुँदा राम्रोसँग लगाउन खान पाईन्थ्यो की भन्ने महसुस गरे । आठ वर्षपछि वावा एक्कासी आउनु भयो । पुरानो ठाउँ भनेर आउनु भयोकी छोराछोरी छन् की छैनन् भनेर आउनु भयो । उँहाले अर्को बिहे गर्नु भएको छ । दुईवटा छोराछोरी भईसकेपछि आउनुभयो । उँहाको कान्छी श्रीमती सिन्धुलीको भएको हुनाले त्यहिको आसपासमा जग्गा किनिसक्नु भएको रहेछ । त्यस कारणले उही लानुभयो । लागेपछि पनि आफ्नो आमा जस्तो हुँदैन भन्ने महसुस भयो । त्यसैले उँहाले त्यति पठाउनु भएन । त्यसैले गर्दा मलाई के लाग्छ भने राम्रै शिक्षा हासिल गर्न पाएको भए यो दिमाखलाई अर्कै रुप र अहिले भएको समय अनुसार छुट्टै अनुभव गर्थे ।
४. तपाईको बाल्यकाल संघर्षसँगै यो स्थानसम्म आइपुग्नको लागि कसको साथ वा सहयोग थियो ?
मेरो एकजना फुपुका छोरा मानबहादुर गौतम पनि प्रहरी सेवामा हुनुन्थ्यो । उँहा दु:ख गरेर हुर्केको हुनाले उँहाले चिनेका एकजना किरण गौतम भन्ने अहिले एआइजीमा रिटाएर हुनुभयो । उँहा त्यतिखेर एसपी पोस्टमा हुनुन्थ्यो । उँहाको साथ र सहयोगले गर्दा म भर्ना भए । त्यसपछि मेरो आफ्नो दु:ख सम्झेर तालिम प्राप्त गरे मलाई तालिममा कुनै दु:ख भएन ।
५. नेपालको प्रहरीवाट रिटायर भएर पनि नेपालको विशेष प्रमुख व्यक्तिहरुको पिएसोसम्म काम गरी सक्नु भएको छ । प्रमुख व्यक्तिको सुरक्षा र अन्य सुरक्षा निकायमा काम गर्दा फरक के हुँदो रहेछ ?
यो आकाश र जमिनको फरक छ । कसरी फरक भनेपछि म हिजो नेपाल प्रहरीमा एउटा जवानदेखि हल्दारसम्म जानलाई लगभव १७ वर्ष लाग्यो । म रिटाएर भए यसको वीचमा के अनुभव भयो भनेदेखि जस्तै विट प्रहरीमा बस्दा, राष्ट्र प्रमुखको सुरक्षा गर्दाको फरकहरु मैले मनमा राखे । बाहिर भन्न मिल्दैन कति कुराहरु त्यसमा सिमा हुन्छ । हामीले त्यो संस्थामा सेवा गरेको हुनाले बाहिर बोल्न मिल्दैन । त्यसैले गर्दा त्यसको अनुभव के छ भने राष्ट्र प्रमुखको सुरक्षा गर्दा धेरै गौरव ठान्दछु । त्यो ठाउँमा पुग्न सामान्य मान्छे निकै गार्हो छ । तालिमदेखि हरेक कुरा व्यवहार, मर्यादा र क्रियाकलाप राम्रो हुनुपर्छ । प्रष्ट बोल्ने खालको सुरक्षा गार्ड खोज्छन् । त्यस्तो भयो भने राम्रो हुन्छ । राष्ट्र प्रमुखलाई सुरक्षा दिन सक्ने त्यो खालको क्षमता ममा देखियो । मलाई खुसी लाग्थ्यो । राष्ट्र प्रमुखको सुरक्षा गार्ड गर्दागर्दै आफ्नो परिवार नचल्ने हुँदा मैले त्यहि समयमा मेरो उमेर हुँदाहुँदै अर्को विकल्प रोजे । अहिले रिटायर्स भईसकेपछि पनि सुरक्षा सेवामा छु । यो सुरक्षा गर्नको लागि त्यो सुरक्षाको अनुभवले गर्दा हल्का सहयोग भएको छ ।
६. प्रहरी सेवालाई सुधार गर्न के सुझाव दिनुहुन्छ ?
प्रहरी सेवालाई समय सापेक्ष बनाउन तालिमको बेला नै प्रहरीले समाजमा गर्ने ब्यबहार र आचरण मर्यादित हुनुका साथै प्रहरीको वृत्ति विकासका लागि वैज्ञानिक र स्पष्ट नियमहरु बनाउनुपर्छ । विश्वमा २१ औ शताब्दीमा तीब्र रुपले विकास भैईरहेको कम्प्यूटर प्रबिधिको आवश्यक ज्ञान प्रहरीलाई दिइनुपर्छ । आज पनि प्रहरीको तलवले परिवारको न्युनतम खर्च चलाउन समेत असाध्यै गार्हो भएकोले यो बिषयमा सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।
७. तपाईको विचारमा सरकारी कर्मचारी र अन्य क्षेत्रवाट काम गरिरहँदा के फरक देख्नुभएको छ ?
धेरै फरक रहेको छ । कसरी फरक छ भनेदेखि सरकारी हुँदा खेरिको र एउटा सीमा हुन्छ । त्यो सीमा क्षेत्रमा भन्दा बाहिर रहेर काम गर्न मिल्दैन जुन हैसियत हुन्छ । जुन दर्जा हुन्छ । त्यो दर्जाले मात्र बोल्ने हुन्छ र हामीलाई कुन दर्जा दिएको छ । त्यतिमात्र काम गर्नुपर्छ । त्यो भन्दा वढी मिल्दैन । अहिले सार्वजनिक क्षेत्रमा काम गरेको हुनाले त्यसमा र यसमा धेरै अन्तर छ र सार्वजनिक क्षेत्रमा सजिलो पनि छ ।
८. नेपालको रोजगारी र बिदेशी भूमिमा काम गर्दाको अनुभव कस्तो रह्यो ? के फरक हुँदो रहेछ ?
यसमा के फरक छ भनेदेखि नेपालमा कानुन, नियमहरु बन्छ तर त्यसको कार्यान्वयन हुँदैन । विदेशमा कानुन अनुसार त्यसको कार्यान्वयन हुन्छ । जस्ताको त्यस्तै प्रणाली भन्दा बाहिर जादैन । मैले लगभव २ वर्ष विदेशमा अनुभव गरे त्यो विदेशमा अनुभव गर्दा के भयो भन्दा त्यहाँ प्रणालीमा चल्छ । विभिन्न ठाउँमा लेखिएको हुन्छ । यहाँ त्यहाँ जान हुँदैन भन्ने कुराहरु र नेपालमा त्यस्तो हुँदा-हुँदै पनि केहि हुँदैन भनेर हेपेर भित्रै पस्छन् । विदेशमा हो भने जून प्रणाली छ त्यो जस्तै भएपनि नियममा रहेर काम गर्छ र सफल हुन्छ । नेपालमा भने नियमहरु हुन्छ तर उसले कार्यान्वयन गर्दैन । जहिले पनि सानो मान्छेलाई हेप्ने प्रविधि रहेको छ । त्यो नेपालका नेता, शिक्षित व्यक्तिहरुले पालना गर्देको भए एकदमै रम्रो हुन्छ जस्तो लाग्छ ।
९. आवाज विहिनहरुको लागि आवाजमा तपाई के भन्न चाहनुहुन्छ ?
आवाज विहिनहरुको लागि कुनै पनि आफुसँग शिक्षा, कला र आफु भित्र लुकेका अनुभवहरु छ भनेदेखि यसरी सुनिदिने अथवा निकायमा जाओस् भनेर बोल्दा राम्रै हुन्छ जस्तो लाग्छ । कुनैको त भाग्यले गर्दा यो मान्छे यस्तो रहेछ भनेर दया नै गर्छ । नत्र वास्तविकता त धेरै नै देख्या छु । नेपालमा त्यस्तो आफुमा लुकेको कुराहरु, दु:ख आपतिका, संघर्षका कुराहरु भन्दा राम्रै लाग्छ ।
१०. अन्यमा नेपालपत्रवाट आम पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?
नेपालपत्रवाट मलाई चिन्ने मलाई देख्ने व्यक्ति अथवा आफ्नो नाताका मान्छेहरुलाई म के भन्न चाहन्छु भने, कसैले पनि नचाहिने काम र कसैलाई आश्वासन, झुट दु:ख नदिनु, स्वार्थ नलिनु, आफुले गरेका अनुभवहरुलई सिकाउनु र स्वार्थी भावना नराख्नु भन्छु । त्यसैगरी मलाई यो अवसर दिनु भएकोमा नेपालपत्रका संवाददाता राम मगर लगायत सम्पूर्ण टीमलाई धन्यवाद दिन चाहान्छु ।