६ बैशाख २०८१, बिहिबार

आफूलाई जिस्क्याउनेसँग ‘सेल्फी’ खिच्दै सामाजिक संजालमा पोस्ट गर्ने यी युवती


असोज २२, काठमाडौँ | कतै सार्वजनिक स्थानमा हुँदा महिला देखेपछि जिस्क्याउने पुरूष संसारका जुनसुकै देशमा छन् । महिला बाटामा हिँड्दा जिस्क्याउने, सिट्ठी मार्ने, अश्लिल बोल्ने पुरूषलाई कति महिलाले प्रतिवाद गर्छन् भने कतिले वेवास्ता गर्ने गरेको देखिन्छ।

तर एम्सटरड्यामकी २० वर्षीय विद्यार्थी नोआ जान्स्माले भने फरक तरिका अपनाएकी छिन्। नोआले आफूलाई बाटामा सिट्ठी मारेर जिस्क्याउने, अश्लिल संकेत गर्ने र बोल्ने, यौन सम्पर्कको प्रस्ताव राख्ने र बाटै छेक्ने जस्ता हर्कत गर्ने पुरूषसँग ‘सेल्फी’ खिच्ने गर्छिन् । ती खिचिएका तस्बिर उनले आफ्ना इन्स्टाग्राम लगायतका सामाजिक संजालमा ती पुरूषले भनेका वाक्यसहित पोस्ट गर्छिन्।

‘मलाई बाटामा यसरी जिस्क्याउँदा के गर्नुपर्छ भन्ने थाहा थिएन। म अलमल्ल पर्थें, रिस उठ्थ्यो तर उनीहरूविरूद्ध जाँदा झन् समस्या आउन सक्थ्यो,’ नोआले भनिन्, ‘म यसै हिँड्न पनि सक्दिनँ थिएँ। उनीहरूले जे भन्यो त्यही गर्न पाए जस्तो। र, मैले उनीहरूसँग सेल्फी खिच्न थालें।’आफूले सेल्फी खिच्ने भन्दा धेरै पुरूष खुसी हुँदै आएका उनले बताएकी छन्।

 तस्बिर  किन खिचेको भनेर उनलाई कसैले सोधेनन् र, उनले बताइनन् पनि। उनले सेल्फी खिचेकामध्ये एक जनाले सोधेपछि भने उनले भनिदिइन्, तैपनि  उक्त पुरूष फोटो खिच्न तयार भए। उनले भनिन्, ‘यी तस्बिरमार्फत् ती पुरूषको बदनाम गर्नु मेरो उद्देश्य होइन। मैले मात्र उनीहरूको व्यवहारको प्रतिक्रिया दिएको हो र आफ्ना कुरा राखेको हो।’ती पुरूषले आफ्ना तस्बिर हटाइदिन भन्छन् भने आफूले हटाइदिने बताउँदै नोआ भन्छिन्, ‘म उनीहरूको जीवन समस्यामा पार्न चाहन्नँ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !