१४ बैशाख २०८१, शुक्रबार

मनी प्लान्ट घरको कुन दिशा राख्ने ? वास्तुशास्त्र अनुसार यसरी राख्नुहोस्


money-plant

मनी प्लान्टको बिरुवा घर सजाउन र शुभ संकेतको लागि राख्ने गरिन्छ । त्यसैले घरमा पैसा भित्रिने वा शुभ दिनको लागि धेरै जसो मानिसहरु यो बिरुवा घरमा लगाउने गर्दछन् । तर यसलाई घरमा या अफिसमा वास्तुशास्त्र अनुसार राख्ने हो भने सकरात्मक नतिजा आउन सक्दछ ।

वास्तुशास्त्रको अनुसार यदि तपाइले मनी प्लान्टलाई गलत दिशामा राख्नु भएको छ भने तपाईलाई लाभ हुनुको सट्टा नोक्सान हुन थाल्दछ । यसबाट तपाइको घरको आर्थिक स्थितिमा निकै नराम्रो असर पर्न सक्छ ।

moneyplantत्यसैले मनी प्लान्ट राख्दा निम्न कुरामा ध्यान दिनुहोस् :

  • वास्तुशास्त्र अनुसार मनी प्लान्टलाई दक्षिण पूर्वमा राख्नु राम्रो हुन्छ। किनकि यो दिशा भगवान गणेशको हो र यस दिशाको प्रतिनिधि शुक्र ग्रह हो ।
  • मनी प्लान्टलाई ओइल्याउन दिनु हुदैन, प्रत्यक दिन यसलाई पानी हाल्नु पर्दछ ।
  • मनी प्लान्टलाई कहिले पनि उत्तर-पूर्व दिशामा नराख्नुहोस्, यस दिशामा राख्नाले आर्थिक नोक्सानको सम्भावना बढ्ने गर्दछ । यसको साथै सम्बन्धमा पनि नकारात्मक असर पर्ने गर्दछ ।
  • मनी प्लान्टलाई भुईतिर झार्न अथावा फैलिन दिनु हुदैन । यसलाई सधै घरको माथितिर फैलिन दिनु पर्दछ ।
  • मनी प्लान्टलाईलाई कहिले पनि पूर्व-पश्चिम दिशामा राख्नु हुदैन । मान्यता अनुसार पूर्व-पश्चिम दिशामा मनी प्लान्ट लगाउनाले पति-पत्नीको सम्बन्धमा तनाव आउने गर्दछ ।

यो पनि पढ्नुहोस् :

अचम्मको मन्दिर ! जहाँ समुद्रमा तैरिन्छ शिवलिंग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !