६ बैशाख २०८१, बिहिबार

अचम्मको मन्दिर ! जहाँ समुद्रमा तैरिन्छ शिवलिंग 


Shivaling

भारतको तामिलनाडुमा रामेश्वरमको नजिक एक मन्दिरको शिवलिंग समुन्द्रमा तैरिन्छ । यहाँ भक्तजन पानीमा पसेर शिवलिंगसम्म पुग्छन् र पुजा गर्छन । किम्बदन्ती अनुसार यो ठाँउमा भागवान श्रीरामले रावणलाई युद्धमा हराएपछि विभीषणको राज्याभिषेक भएको थियो । रामेश्वरमदेखि १३ किलोमिटर दुरीमा कोन्थदारामार मन्दिर छ । जसलाई विभीषणको एकमात्र मन्दिर मानिन्छ ।

Shivalingयो मन्दिरको छेउमा बंगालको खाडी र मन्नारको खाडीको समुद्र छ । यही समुद्रमा ढुंगाको शिवलिंग बनेको छ । जसलाई मानिसहरुले पुजा गर्छन् । यो शिवलिंग कहिलै समुद्रमा डुव्दैन । यो मन्दिरमा एक दुरबीन समेत राखिएको छ ।

जसको मद्दतले राम सेतु देख्न सकिन्छ । दुरबीनबाट सेतु हेरेको १० रुपैयाँ लिइन्छ । यहाँबाट समुद्रमा तैरिरहेको ढुंगाबाट बनेको पुल देख्न सकिन्छ । जुन पुल कुनै बेला ४८ किलोमिटर लामो थियो र लंकासम्म जोडिएको थियो ।

यो पनि पढ्नुहोस्

श्राद्ध कति प्रकारका हुन्छन् ? कुन श्राद्धको महत्व के ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !