१३ बैशाख २०८१, बिहिबार

माया शब्दसँग जोडिएका रोचक तथ्यहरु


Love प्रेम

मायाको अर्थ जस्ले जे नै भनेपनि तर एउटा साँचो माया यतिसम्म शक्तिशाली हुन सक्छ कि, त्यसको अन्दाज कसैले पनि लागाउन सक्दैन । किन कि, मायाको कुनै मापन छैन र ‘पावर अफ लभ’ कति भन्ने अनुमान नै गर्न सकिन्न । भनिन्छ नि, ‘यो दुनियाँ मायाले नै चलेको छ ।’ आज हामी तपाईहरुलाई मायाबारे केहि यस्ता रोचक तथ्यहरु जानकारी गराउँदैछौँ :

– तपाईलाई थाहा छ ? नोभेम्बेर महिनामा विश्वभर सबै भन्दा ज्यादा “आई लभ यू” (I Love You ) बोलिन्छ ।

– वैज्ञानिक सर्वे अनुसार एक राम्रो शरीर भन्दा एक सुन्दर मुहार ज्यादा आकर्षक हुने गर्छ ।

– यदि तपाईलाई कसैको मायामा पर्ने डर हुन्छ भने त्यो अवस्थालाई ‘फिलोफोबिया’ (Philophobia) भनिन्छ ।

– प्रेम प्रस्तावमा ९०% पुरुष पहिला ‘आई लभ यू’ भनेर प्रेम प्रस्ताव राख्ने गर्छन् ।

– एक तथ्याङ्क अनुसार विश्वभर दैनिक तिस लाख भन्दा ज्यादा जोडीहरु डेटमा जाने गर्छन् ।

– तपाईको दिमागले त्यतिबेला कम काम गर्दछ जतिबेला तपाई ‘रोमान्टिक मुड’मा हुनुहुन्छ ।

– मनोवैज्ञानिक अनुसार यदि तपाई दुख वा पिडाको बेला तपाईको माया भएको मान्छेसँग अँगालो लाग्नु भएमा त्यो अँगालोले तपाईको नर्वस सिस्टममा पेनकिलर सरह काम गर्दछ ।

– अर्जेन्टिनाको एक किसानले आफ्नो स्वर्गीय पत्नीको यादमा सारा जिन्दगि एक ‘गिटार’ शेप्ड खेतमा, खेति गरेको थियो ।

– सामान्य मानिसहरुबीच ‘लभ म्यारिज’को सुरुवात १८ औं शताब्दिबाट सुरु भएको मानिन्छ ।

– तपाई मायामा पर्नुभएपछि कम्तिमा पनि तपाईको दुईजना साथी तपाईबाट टाढा हुन्छ ।

– तपाईलाई थाहा छ, ‘MATCH.COM’ जस्ले दुनियाँभरबाट जोडी मिलाई बिहे गराउँछ । यस्का संस्थापक ‘गैरी क्रिमेन’ हुन् । क्रिमेनलाई उस्को गर्लफ्रेन्डले छोडेर गएकी थिइन् । यहि वियोगको पिडामा उनले यस वेबसाईटको सुरुवात गरेका थिए । यसबाट के कुरा सिक्न सकिन्छ भने साँचो मायामा बिछोडको पिडापनि सधैँ बर्बादीको कारण हुदैँन ।

– कतिपय जीवजन्तुहरु पनि जिन्दगीभर एकैसाथ रहने गर्छन् । यिनीहरुमा पनि एक साथी वा एक जोडी सँगै रहने नियम पालन भएको हुन्छ ।

– वैज्ञानिक मान्यता अनुसार मायाले मानिसको दिमागमा एउटा एस्तो ठाउँ बानाउँने गर्छ कि उस्ले त्यतिबेला परमसुखको अनुभुति गर्ने गर्दछ । यो त्यही प्रकारको अनुभुति हो जतिबेला तपाईलाई नशाको बेला हुने गर्छ ।

– वैज्ञानिक रुपमै यो कुरा सिद्ध भैसकेको छ कि, मायामा परेका व्याक्ति आफ्नो काममा पुरा ध्यान दिन सक्दैन जस्ले गर्दा उस्ले गर्ने कार्यगर्ने क्षमता प्रभावित हुने गर्छ ।

– कोहिकोहि आफ्नो स्वार्थको लागि धेरैसँग सम्बन्ध जोड्ने गर्छन् । यसरी कसैसँग रोमान्टिक रिलेशन राख्नु पनि एक मानसिक बिरामी हो, जसलाई ओब्सेसिव- कँपल्सिव डिसअर्डर भनिन्छ ।

– सन् २०१४ मा एरिजोनामा “भ्यालेनटाइन डे”का दिन एक कैदी आफ्नो प्रेमिकालाई भेट्न जेलबाट भागेका थिए ।

– एक तथ्याङ्क अनुसार अनलाईनबाट प्रेम बसेकामध्ये सिर्फ २३% जोडीहरुको मात्र विवाह हुने गर्छ ।

– के तपाईलाई थाहा छ ? इन्टरनेटअघि LOL को अर्थ ‘Lots of Love’ हुन्छ ।

– जिन्दगीमा माया एक अपरिहार्य चिज हो । यदि कसैको जिन्दगीमा माया छैन भने उसलाई एक्लोपनले पिरोलेर मानसिक रोगको शिकार पनि हुन सक्छ ।

– “एरोटोमानिया” (Erotomania) त्यो मानसिक स्थिति हो जस्मा पर्ने मानिस यो सोच्ने गर्दछ कि, कोहि प्रसिद्ध व्याक्ति उस्को मायामा परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !