१९ बैशाख २०८१, बुधबार

क्षयरोग पत्ता लगाउन सक्ने अत्याधुनिक ‘जीन एक्सपर्ट’ मेसिन संचालन


असोज २१, कपिलवस्तु । अति संवेदनशील र गम्भीर प्रकृतिका बिरामीमा केही घण्टामै क्षयरोगको किटाणु पत्ता लगाउन सक्ने अत्याधुनिक ‘जीन एक्सपर्ट’ मेसिन कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा संचालनमा आएसंगै जिल्लाबासीलाई सहज भएको छ । निश्चित मापदण्डभित्र परेका बिरामीका खकार उक्त मेसिनमार्फत परीक्षण हुने गर्दछ । जिन एक्स्पर्ट मेसिनमा खकार राखेपछि उसले नै आफैँ परीक्षण गरेर कम्प्युटरमा नतिजा दिन्छ ।

यो प्रविधि केही महँगो भए पनि प्रभावकारी रहेको छ । जिल्लामा क्षयरोग परीक्षण गर्ने मेशिन सरकारले उपलब्ध गराएपछि परीक्षणका लागि टाढा पुग्नुपर्ने बाध्यताबाट जिल्लाबासीलाई राहत मिलेको छ । छोटो समयमै विश्वसनीय परिणाम आउने भएपछि बिरामी ढुक्क हुनसक्ने बताइएको छ । निक साइमन्स इन्स्टिच्युट र विराट नेपाल मेडिकल ट्रष्टले अस्पताललाई सो मेसिन प्रदान गरेको हो ।

करीब ३० लाख रुपैयाँ पर्ने यो मेसिनबाट क्षयरोगका साथै हेपाटाइटिस बी, इबोला जस्ता २५ थरीका रोग परीक्षण गरी पत्ता लगाउन सकिनेछ । अहिले यो मेसिन कपिलबस्तु, प्यूठान, बर्दिया र गुल्मीका जिल्लालाई उपलब्ध गराइएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !