१३ बैशाख २०८१, बिहिबार

एनसेलमा १०० रिचार्ज गर्दा थप १२० रुपैयाँ बोनस दिने


एनसेल ब्यालेन्स रिचार्ज

चैत १४, काठमाडौँ । एनसेलका सबै ग्राहकलाई आजदेखि लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस दिने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले बोनस रकम वृद्धि गरेको एनसेलले जनाएको छ ।

ग्राहकले रिचार्ज वापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् । बोनस रकम ३ दिन सम्मका लागि मान्य हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !