एनसेलमा १०० रिचार्ज गर्दा थप १२० रुपैयाँ बोनस दिने Nepalpatra एनसेलमा १०० रिचार्ज गर्दा थप १२० रुपैयाँ बोनस दिने
२४ फाल्गुन २०७७, सोमबार

एनसेलमा १०० रिचार्ज गर्दा थप १२० रुपैयाँ बोनस दिने


एनसेल ब्यालेन्स रिचार्ज

चैत १४, काठमाडौँ । एनसेलका सबै ग्राहकलाई आजदेखि लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस दिने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले बोनस रकम वृद्धि गरेको एनसेलले जनाएको छ ।

ग्राहकले रिचार्ज वापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् । बोनस रकम ३ दिन सम्मका लागि मान्य हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !