२६ पुस २०८१, शुक्रबार

यसरी हेर्नुहोस् टेलिकमको सेवा प्रयोग गरी एसईई परीक्षाको नतिजा


टेलिकमको सेवा प्रयोग गरी एसईई परीक्षाको नतिजा

काठमाडौँ । नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७९ सालको एसईई परीक्षाको नतिजा आईभीआर (IVR), एसएमएस (SMS) तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने छ ।

नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ । यस अनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ । १६०० मा डायल गर्दा प्रति कल करबाहेक जम्मा रु. २ मात्र महशुल लाग्नेछ । दुई मिनेटको समयावधिलाई एक कल मानिनेछ ।

त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE <space> <symbol number>) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ ।

उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ । १६०० मा सन्देश पठाउँदा पनि प्रति सन्देश करबाहेक जम्मा रु. २ मात्र महशुल लाग्नेछ ।

नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ । नतिजा प्रकाशित भएको केही समय पश्चात यो सुविधा उपयोग गर्न सकिने छ । यसबाट सम्पूर्ण विद्यार्थी वर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !