१४ बैशाख २०८१, शुक्रबार

सिजीनेटले दियो यत्ति सस्तोमा इन्टरनेट : ६४९ रूपैयाँमै ५० एमबीपीएस


सिजीनेट

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको इन्टरनेट सेवाप्रदायक कम्पनी सिजीनेटले ‘सुपर सस्तो प्याकेज’ सार्वजनिक गरेको छ । जसअन्तर्गत मासिक ६४९ रूपैयाँमा ग्राहकले ५० एमबीपीएस गतिको इन्टरनेट लिन सक्ने छन् ।

कम्पनीका अनुसार यो प्याकेज १ महिना, ३ महिना, ६ महिना र १ वर्षका लागि उपलब्ध रहेको छ । १ महिने प्याकेज लिने ग्राहकलाई निःशुल्क जडान र ड्रप वायर वितरण गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै तीन महिनाको प्याकेजमा १९४७ रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्न सकिनेछ भने ६ महिनाको शुल्क ३८९४ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै वार्षिक ग्राहकले ७७८८ रुपैयाँमा यो प्याकेज खरिद गर्न सक्नेछन्, जसअन्तर्गत जडान खर्च र ड्रप वायरका साथै सिंगल ब्यान्ड राउटर निःशुल्क प्राप्त गर्न सकिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !