१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्रीद्वारा ‘मेरो कित्ता’ शुभारम्भ, अब घरबाटै यसरी हेर्नुहोस् आफ्नो घरजग्गा


प्रधानमन्त्रीद्वारा ‘मेरो कित्ता’ शुभारम्भ

काठमाडौं । सरकारले आज बिहीबारबाट घरमै बसेर जग्गाको नक्सा प्रिन्ट, राजश्व भुक्तानी लगायतका व्यवस्था सहितको ‘मेरो कित्ता’ अनलाइन सेवा शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा प्रशासन सम्बन्धी डिजिटल प्रविधि ‘ल्यान्ड इन्फर्मेसन सिस्टम’ तथा ‘मेरो कित्ता’ अनलाइन एप्स औपचारिक शुभारम्भ गरेका हुन् ।

आज बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा नापी विभागको आयोजनमा भूमी प्रशासन सुशासन सम्बन्धी डिजिटल सफ्टवेयर प्रधानमन्त्रीले स्वीच थिचेर उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले किसानले घरवाट नै बसेर एप्सवाट आफ्नो जग्गाको धनीपूर्जा हेर्न मिल्ने कुरा बताएका हुन् । काठमाडौं र भक्तपुरका दुई कार्यालयबाट शुरु भएको यो सेवा क्रमशः देशभरबाट पाइने नापी विभागले जनाएको छ ।

मेरो कित्ता सेवा शुरु भएपछि नापी कार्यालयमा हुने भिडभाड र होहल्ला कम हुनुका साथै सेवाग्राहीलाई सुविधा हुने विभागका अधिकारीहरू बताउँछन् । उक्त सफ्टवेयर सन्चालनमा आएसँगै भूमी व्यवस्था तथा जग्गा सम्बन्धी सम्पूर्ण जानकारी, तथ्यांक एप्समार्फत नै जानकारी पाउन सकिने बताइएको छ ।

सेवाग्राहीले घरमै बसेर आफ्नो जग्गाको कित्ताकाट गर्न सक्ने र त्यसको प्रिन्ट समेत उक्त एपबाट गर्न सकिने जनाइएको छ । यस्तो प्रणाली देशैभरका मालपोत कार्यालहरुमा उपलब्ध गराइने भएको छ । पहिलो पटक यो सेवा उपत्यकाका तीन स्थान कलंकी, डिल्लीबजार र भक्तपुर मालपोत कार्यालयमा उपलब्ध गराइने भएको छ ।

अब घरबाटै यसरी हेर्नुहोस् आफ्नो घरजग्गा

नापी विभागको अनलाईन सेवा प्रणाली (मेरो कित्ता) मा लगइन गरेर यो सेवा प्राप्त गर्न सक्नुहुन्छ ।

अनलाईन सेवा प्रणाली (मेरो कित्ता)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !