१३ बैशाख २०८१, बिहिबार

पत्रकार रवि लामिछानेले ल्याए नयाँ ‘ग्यालेक्सी फोरके’ टिभी


रवि लामिछाने र ‘ग्यालेक्सी फोरके’ टिभी

काठमाडौँ । पत्रकार रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन् । उक्त टेलिभिजनको नाम ‘ग्यालेक्सी फोरके’ रहेको छ । उक्त टेलिभिजनका म्यानेजिङ डाइरेक्टर रहेका लामिछानेले नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको बताएका छन् ।

आज मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताउदै जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको बताएका छन् ।

वरिष्ठ पत्रकार ‘विजयकुमार’ पाण्डेले पनि उक्त पनि सो टेलिभिजनमा एउटा कार्यक्रम संचालन गर्ने बताएका छन् । राजेश हमालले विगतमा एपी वान एचडीमा संचालन गर्ने गरेको ‘को बन्छ करोडपति’ कार्यक्रम अव उक्त टेलिभिजनमा प्रशारण हुने हमालले बताएका छन् ।

साथै कलाकार दिपकराज गिरीले पनि सो टेलिभिजनमा एउटा कार्यक्रम संचालन गर्ने बताएका छन् । मोटिभेशन स्पिकर रमेश प्रसाईले ‘लाल मोहर’ नामक कार्यक्रम उक्त टेलिभिजनमा प्रशारण गर्ने उनले बताएका छन् ।

महाविर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रले ‘आविष्कार’ नामक कार्यक्रम महाविर पुनले नै उक्त टेलिभिजनमा प्रशारण गर्ने उनले बताइएको छ ।

न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनको कार्यक्रम लोकप्रिय रहेको थियो भने नयाँ टेलिभिजन खोल्नकै लागि भनेर उनी हालै सो संस्थाबाट बाहिरिएका थिए ।

टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे रहेका छन् । उद्घाटन समारोहमा बोल्दै लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउने बताएका छन् ।

साथै उक्त टेलिभिजनमा क्राइम पेट्रोल नेपाल, रामायण, सारेगम, सिधा कुरा लगायत अन्य कार्यक्रमहरु पनि प्रशारण हुनेछन् । अहिले नेपालमा प्रशारण भईरहेका टेलिभिजन भन्दा फरक सोचका साथ आउन लागेको यो टेलिभिजनले दर्शकहरुको मन कत्तिको जित्ला त्यो भविष्यले बताउला ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !