७ मंसिर २०८१, शुक्रबार

पाल्पामा कोरोनामुक्त भएर घर फर्किएका एक युवकले गरे आत्महत्या


आत्महत्या

पाल्पा, असार २३ । पाल्पाको रम्भा गाउँपालिकाका कोरोनामुक्त भएर घर फर्किएका एक युवकले आत्महत्या गरेका छन । रम्भा गाउँपालिका-४, हुमिनका २० वर्षीय युवकले हिजो बेलुकी करीव ६ बजेतिर आत्महत्या गरेको गाउँपालिकाअध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिएका छन् । लुम्बिनी मेडिकल कलेजको आइसोलेसन कक्षमा १५ दिन बसेर फर्केकै दिन उनले आफ्नै घरमा आत्महत्या गरेका हुन् ।

१ महिनाअघि भारतको मुम्बईबाट घर फर्केपछि उनी २८ दिनसम्म गाँउको विद्यालयको क्वारेन्टिनमा बसेका थिए । सोही क्रममा कोरोना संक्रमण पुष्टि भएपछि उनी १५ दिन अस्पतालको आइसोलेसनमा बसेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !