४ जेष्ठ २०८१, शुक्रबार

रुपन्देहीमा ५ जनाको हत्या


हत्या

काठमाडौं, जेठ २७ । रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका-१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्ति सामूहिक हत्या गरेर फरार भएका छन् । स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये १ जनाले आफ्नै समूहका अन्य ५ जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

अभियुक्त पनि सोही फाराममा काम गर्ने सोही समूहकै रहेको र उनी हत्यापछि फरार भएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि आफू घटनास्थलमा जाँदै गरेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिनुभयो । यसरी सामूहिक रुममै हत्या किन र कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !