९ कार्तिक २०७७, आईतवार

राति गस्तीमा हिँडेका प्रहरी विकको धारिलो हतियार प्रहार गरी हत्या



हत्या

सुदूरपश्चिम, २ कात्तिक । धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । गए राति गस्तीमा हिँडेका विक सम्पर्कविहीन भएकामा आज बिहान नजीकैको मोहना नदीमा शव फेला परेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेर शव नदीमा फालिएको अवस्थामा फेला परेको र अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो । विकसँगै गस्तीमा हिँडेका सोही कार्यालयका प्रहरी हवल्दार रामबहादुर साउद पनि सम्पर्कविहीन छन् । गए राति प्रहरी सहायक निरीक्षक विक र हवल्दार साउदसँगै गस्ती गर्न गएकामा राति अबेरसम्म पनि सम्पर्क हुन नसकेपछि खोजतलास गरिएको थियो । सम्पर्कमा नरहेका हवल्दारको खोजी भइरहेको छ ।

नदी पारि भारतीय क्षेत्रबाट अवैध रुपमा मालसामान भित्रिने गरेको छ । अवैध रुपमा सामान भित्र्याउने समूहले प्रसनि विकको हत्या गरेको हुन सक्ने बताइएको छ । गस्तीमा जाँदा प्रयोग गरिएको मोटरसाइकल शव भेटिएको स्थानदेखि करीब दुई किलोमिटर पश्चिमतर्फ फेला परेको छ । मृतक विक को घरठेगाना कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिकाका रहेको जनाइएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीको नेतृत्वको टोली आज बिहान घटनास्थल पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली, ४ कात्तिक । धनगढीको जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साँउदको

काठमाडौं, २०७७ कात्तिक ४ । महानगरीय प्रहरी परिसर, ललितपुर, महानगरीय प्रहरी वृत्त सातदोबाटो र महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको संयुक्त

मोरङ, कात्तिक ४ । अबैध रुपमा भन्सार छली गरी लुकाई छिपाई ल्याएको करिव ११ लाख मुल्य बराबरको सामानहरु जिल्ला प्रहरी

कास्की, ४ कात्तिक । आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको