१५ बैशाख २०८१, शनिबार

सुर्खेतमा आत्महत्या गरिएकी युवतीमा कोरोना पुष्टि


मृत्यु

सुर्खेत, असार ३ । सुर्खेतमा आत्महत्या गरेकी १ जना युवतीको कोरोना पोजिटिभ रिपाेर्ट आएको छ । भारतबाट आएकी सिम्ता गाउँपालिका वडा नं ८ की २५ वर्षीया युवतीले आत्महत्या गरेकी थिइन् ।

भारतबाट श्रीमानसहित जेठ १२ गते आएर १४ दिनसम्म क्वारेन्टाइनमा बसेपछि आरडीटी परीक्षणमा रिपाेर्ट नगेटिभ आएपछि घर फिर्ता भएकी थिइन् । जेठ ३० गते घरबाट हराएको र असार १ गते झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

पोष्टमार्टम गर्न मेहेलकुना अस्पताल ल्याएपछि डाक्टरहरूले मृत्तक क्वारेन्टाइनमा बसेकाले कोरोना परीक्षण गर्नुपर्ने भनेपछि स्वाब सङ्कलन गरिएको थियो । बुधबार मृतकको रिपोर्टमा काेराेना पोजिटिभ आएको छ । शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले मृतक घर गएकाले मृत्तकसँग सम्पर्कमा रहेकाको खोजी कार्य भएको र कोरोना परीक्षण गरिने बताउनुभयो । यो सहित कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !