७ मंसिर २०८१, शुक्रबार

ताप्लेजुङमा चट्याङ लागेर १ जनाको मृत्यु


चट्याङ लागेर मृत्यु

ताप्लेजुङ, १७ भदौ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका-१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो ।

यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँच जना घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ । मङ्गलबार दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !