१४ बैशाख २०८१, शुक्रबार

दैलेखका २५० परिवारलाई सारियो सुरक्षित स्थानमा


दैलेख पहिरो

दुल्लु । लगातारको वर्षाका कारण पहिरोको जोखिममा रहेको पश्चिम दैलेखको आठबीस नगरपालिका– ९, छेपाडी गाउँका ४० र कर्णाली नदी आसपासमा ६० घरधुरिका करीब २५० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

त्यहाँका भिरालो बस्तीमा माथिबाट जुन सुकैबेला पहाडको पहिरो झर्न सक्ने र पहिरोले बस्ती नै पुरिनसक्ने देखिएपछि ती परिवारलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।

नगरपालिका र प्रहरीको सक्रियतामा जोखिम रहेका बस्तीमा बसोबास गर्ने त्यहाँका परिवारहरु अब जोखिममुक्त भएका छन् । प्रहरीको यो कार्यले आफूहरु निकै खुशी भएको स्थानीबासीले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु