१८ बैशाख २०८१, मंगलबार

स्याङ्जामा पहिरो जाँदा १ जनाको मृत्यु, ३ जना बेपत्ता


पहिरो

स्याङ्जा, असार ३० गते । ५ दिनदेखिको अविरल बर्षा सँगैको पहिरो गएको स्थलगत निरीक्षणमा गएकाहरुलाई पहिरोले पुरेको छ । पहिरोले पुरीएर कालिगण्डकी गाउँपालिका ४ खहरेमा १ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् भने २ जनाको सकुशलनै उद्धार गरिएको छ ।

लगातारको बर्षासँगै पहिरो गएको बारे जानकारी लिन पुुगेका उनीहरुलाई अर्को तर्फबाट अर्काे पहिरो आएर आएको पहिरोले पुरेको थियो । पहिरोमा पुरिएर जना पुरिएर ७० बर्षिया इमान सिहँ थापाको निधन भएको हो भने प्रेम चन्द्र पाण्डे, टिका थापा र गिमान सिंह थापा बेपत्ता भएका छन् ।

पहिरोले वडा सदस्य होमनाथ पाण्डे र बिरबहादुर राना घाइते भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले जानाकारी दिए । उहाँले बेपत्ता खोजी तथा उद्धार जारी राखेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !