१५ असार २०८१, शनिबार

शिविरमा आगलागी १७ लाख बढीको क्षति


आगलागी

झापा, बैशाख १८ । झापाको दमक नगरपालिका-३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ४ घर जलरे नष्ट भएका छन् भने अन्दाजी १७ लाख ३५ हजार बराबरको क्षति भएको छ ।

आज बिहान राती २ बजेको समयमा शिविरको बी३ हट नम्बर २६० मा रहेको टिकाराम चापागाँईको घरबाट अचानक आगलागी भई चापागाँई सहित छिमेकी पदम चापागाँई, रुप नारायाण दुलाल र हर्क बाहदुर सुब्बाको समेत घर जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सो आगलागी प्रहरी, स्थानीयवासी र दमकल दमेतको सहयोगमा राती साँढे ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको तथा कुनै मानवीय र चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !