७ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस


भूकम्प

बैतडी, कार्तिक २० । सुदूरपश्चिम प्रदेशका केही पहाडी जिल्लाहरु बैतडी र दार्चुला लगायतमा गएराती भूकम्पको धक्का महसुस भएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गएराती १० बजेर २३ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

बैतडीको दोगडाकेदार गाउँपालिका-४ श्रीकेदार केन्द्र बिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का महसुस हुँदा स्थानीय त्रसित बनेका थिए । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !