१४ बैशाख २०८१, शुक्रबार

गुडिरहेको मोटरसाइकलबाटै नन्दकलीलाई बाघले थुतेर लगेपछि…


गुडिरहेको मोटरसाइकलबाटै नन्दकलीलाई बाघले थुतेर लगेपछि सांकेतिक तस्वीर

काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने नेपाली सेनाको अम्रेनी चेक पोष्ट नजिक गुडिरहेको मोटरसाइकलवाट बाघले १ जना महिलालाई थुतेर लगेको छ । हालसम्म ती महिलाको अवस्था अज्ञात छ । मोटरसाइकल उनका छोरा २२ वर्षीय सन्तोष थापाले चलाएका थिए ।

कैलाली लम्किचुहा नगरपालिका-४ की ५० वर्षीया नन्दकली थापालाई पाटेबाघले झम्टेर लगेको हो । गएराति करिब १० बजेतिर आमा र छोरा पूर्वबाट पश्चिम भुरीगाउँबाट चिसापानीतर्फ जाँदै गरेको सवार सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाइकल सुस्त गतिमा गुडिरहेको अवस्थामा बाघले पछाडी बसेकी उनलाई आक्रमण गरेको बताइएको छ ।

बाघले मोटरसाइकलबाट आमालाई लगेपछि छोरा सन्तोष थापा भागेर निकुञ्जका सुरक्षाकर्मीलाई खबर गरेका थिए । उनलाई सामान्य चोट लागेको छ । उनकाे खोजीका लागि नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली र निकुञ्जको टोली खोजीमा खटिएको छ तर, फेला पार्न सकेकाे छैन ।

घटनास्थल पूर्वपश्चिम राजमार्ग अन्तर्गत निकुञ्जभित्र पर्ने नेपाली सेनाको अम्रेनी चेक पोष्टभन्दा करिब ५-६ किलोमिटर पश्चिममा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु