११ बैशाख २०८१, मंगलबार

भरतपुर अस्पतालको आईसीयूमा उपचाररत १ जना कोरोना संक्रमित वृद्धको मृत्यु


मृत्यु

चितवन, जेठ २७ । चितवनको भरतपुर अस्पतालको आईसीयूमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित वृद्धको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहेका मृतकलाई सोमबार बेलुका ७ बजे मात्र भरतपुर अस्पतालको आइसियूमा सारी उपचार शुरु गरिएको थियो ।

भरतपुर महानगरपालिका-११ का ६८ वर्षीय वृद्धलाई हिजो सोमबार जेठ २६ गते मात्र कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । उनको मंगलबार विहान मृत्यु भएको हो । मृतकलाई पहिलेदेखि नै मधुमेह र रक्तचाप समस्या भएको र कोरोना संक्रमण पुष्टि भएपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण र निमोनियाको कारणले आज बिहान मृत्यु भएको अस्पतालले बताएको छ ।

उनको आज मंगलबार विहान ७ बजेर ५ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । भरतपुरमा अब उनको शव कसरी व्यवस्थापन गर्ने तयारी सुरु भएको छ ।

चितवनमा कोरोना संक्रमितवाट मृत्यु भएको यो पहिलो पटक हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको औपचारिक पुष्टि हुन भने बाँकी छ । मन्त्रालयले आज दिउसो हुने नियमित पत्रकार ब्रिफिंगमा यसको आधिकारिक पुष्टि गर्नेछ ।

यसअघि नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका १ जना र स्याङ्जाका १ जना गरी १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !