८ बैशाख २०८१, शनिबार

स्याङ्जाका १ जना कोरोना संक्रमितको पोखरामा मृत्यु


मृत्यु-निधन

पोखरा,  जेठ २६ । स्याङ्जा जिल्लाका १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको पोखरामा मृत्यु भएको छ । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । आज बिहान ६:४५ बजे एक प्रेस विज्ञप्ती निकाल्दै गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा निर्देशक डा विनोद विन्दु शर्माले पुष्टि गरेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत ती पुरुषमा हिजो आइतबार कोरोना पुष्टि भएको थियो । जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

पहिलेदेखि नै बिरामी भएका मृतक व्यक्तिलाई २२ गते सुनौली नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेर स्याङ्जा ल्याइएको थियो । उनी ६ महिना अघि उपचार गराउन भारत गएका थिए ।

कोरोना भाइरस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !