६ जेष्ठ २०८१, आइतबार

हिमपहिरोमा बेपत्ता थप एकजनाको शव फेला


कास्की,११ वैशाख । अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परी गत माघ ३ गते बेपत्ता भएका तीन नेपाली र चार कोरियन पर्यटक मध्ये थप एकको शव फेला परेको छ ।

पदयात्रा क्षेत्रको अन्नपूर्ण गाँउपालिका–११ स्थित हिमालयबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिम पहिरोमा हराएका एक जनाको बुधबार शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरी तथा पर्यटक प्रहरीले घटनास्थललाई सुरक्षित गरिसकेको तथा शव ल्याउने प्रक्रिया शुरु भएको पर्यटक प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिनुभयो ।
स्थानीय प्रहरीबाट हेर्दा नेपाली जस्तो देखिएपनि सनाखत भइनसकेको प्रहरीको भनाइ छ । घटनास्थल नजिकै तीन वटा झोला र चस्मा समेत फेला परेको बताइन्छ ।

“अहिले बेपत्ताका आफन्त जिल्ला प्रहरी कार्यालयमा आउनुभएको छ । उहाँहरु घटनास्थल पुगेर हेरेपछिमात्र शवको सनाखत हुन्छ ।” प्रहरी निरीक्षक खनालले भन्नुभयो । पहिरोमा हराएका मध्ये एक नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !