बर्दिया । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका १ जना कर्मचारीको मृत्यु भएको छ । हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गरेको बेला पुलिसरामलाई आइतबार साँझ बाघले आक्रमण गरेको थियो । हात्ती चराउँदै घाँस काट्दै गरेका माहुते चौधरीको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघले आइतबार साँझ आक्रमणबाट परेर मृत्यु भएको छ । बाघले आक्रमण गरेको तीन घन्टापछि उनको शब भेटिएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन विष्णु प्रसाद श्रेष्ठका अनुसार चौधरी गैंडा गणनामा संलग्न हात्तीको साथ निकुञ्जमा घाँस काटदै गर्दा बाघको आक्रमणबाट मारिएका थिए । पछिल्लो समय बर्दियामा बाघको आक्रमण बढ्न थालेको छ । डेढ महिना अघि मात्रै मोटरसाइकलमा यात्रा गर्दै गरेकी एक महिलालाई बाघले आक्रमण गरेको थियो ।