६ बैशाख २०८१, बिहिबार

२७ वर्षीया आमा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेपछि श्रीमान बेहोस


शव फेला

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी आमाछोरी मृत अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेका छन् ।

आमाछोरी मृत अवस्थामा फेला परेपछि शेपाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा अचेत अवस्थामा फेला परेका छन् । राति सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !