१२ बैशाख २०८१, बुधबार

वरिष्ठ चिकित्सक मुडभरीको कोरोना संक्रमणवाट मृत्यु


डा. ध्रुव मुडभरी

काठमाडौं । वरिष्ठ चिकित्सक डा. ध्रुव मुडभरीको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट मृत्यु भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा. मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा आज उनको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिइन् ।

राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पुर्याएका डा. मुडभरी ॐ अस्पतालका संस्थापक थिए । उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । स्व मुडभरीको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !