११ बैशाख २०८१, मंगलबार

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु


भरतपुर अस्पताल

चितवन, कार्तिक १ । चितवनमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत चितवनको खैरहनी नगरपालिका-१२ बस्ने ४९ वर्षीय पुरुषको आज कार्तिक १ गते शनिबार विहान १:४५ बजे कोरोना संक्रमणवाट मृत्यु भएको हो ।

उनी हिजो असोज ३० गते कोरोना संक्रमण सहित खोकी, श्वासप्रश्वाशमा समस्या भई अस्पतालको कोभिड आइसीयुमा भर्ना भएका थिए । निजलाई असोज २८ गते कोभिड-१९ संक्रमण पुष्टि भई आइसोलेसनमा उपचार गराई रहेका थिए ।

निजले क्यान्सर रोगको समेत उपचार गराईरहेको परिवार स्रोतबाट जानकारी प्राप्त भएको छ । निजकाे स्वास्थ्य अवस्था थप जटील हुदै गएपछि भेन्टिलेटरमा राखी उपचारकाे सबै उपायहरु गर्दा गर्दै आज कार्तिक १ गते निधन भएकाे जानकारी अस्पतालले दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !