![कोरोना संक्रमण](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Death_Mrityu8-1-14.jpg?fit=884%2C450&ssl=1)
मोरङ, २६ असोज । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत १ जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले जानकारी दिए ।
मृतकलाई स्वास्थ्यमा समस्या भएपछि आइतबार उपचारका लागि अस्पतालमा ल्याइएको थियो । ती पुरुषले केही वर्षदेखि मिर्गाैलाको नियमित डाइलोसिस गराउँदै आएका थिए । प्रदेश नं १ मा कोरोना सङ्क्रमितको मृत्युको सङ्ख्या अहिलेसम्म १०३ पुगेको छ ।