३ असार २०८१, आइतबार

नेपालमा कोरोना संक्रमणबाट एकैदिन थप २२ जनाको मृत्यु, मृतकको संख्या ६३६ पुग्यो


मृत्यु

काठमाडौँ, असोज २५ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २२ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । हिजो नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ५ जना महिला र १७ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने ५ जना महिलामा सुनसरीकी १ जना, धनकुटाकी १ जना, काठमाडौँकी १ जना, चितवनकी १ जना र मकवानपुरकी १ जना रहेकी छन् । कोरोना संक्रमणवाट मृत्यु हुने १७ जना पुरुषमा सुनसरीका १ जना, सर्लाहीका १ जना, काठमाडौँकी ४ जना, ललितपुरका १ जना, भक्तपुरका २ जना, नुवाकोटका १ जना, चितवनका ३ जना, सिन्धुपाल्चोकका १ जना र रुपन्देहीका ३ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ५ जना महिलामा सुनसरीकी ६२ वर्षीया, धनकुटाकी ६१ वर्षीया, काठमाडौँकी ६६ वर्षीया, चितवनकी ७५ वर्षीय र मकवानपुरकी ८५ वर्षीया १ जना रहेकी छिन् । यस्तै मृत्यु हुने १७ जना पुरुषहरुमा सुनसरीका ६५ वर्षीय, सर्लाहीका ३८ वर्षीय, काठमाडौँका ६०, ७०, ७५ र ८३ वर्षीय, ललितपुरका ४९ वर्षीय, भक्तपुरका ४४ र ५७ वर्षीय, नुवाकोटका ७७ वर्षीय, चितवनका उमेर नखुलेका, ४७ र ९८ वर्षीय, सिन्धुपाल्चोकका ६३ वर्षीय र रुपन्देहीका ६०, ६१ र ८४ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट एकैदिन थप २२ जनाको मृत्यु, मृतकको संख्या ६३६ पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या ६१४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !