९ जेष्ठ २०८१, बुधबार

नेपाली काँग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको कोरोना संक्रमणवाट निधन


रामबाबु प्रसाईं

काठमाडौं, असोज २३ । नेपाली काँग्रेसको पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको ९९ वर्षको उमेरमा निधन भएको छ । आज शुक्रबार मध्यान्न १२ बजे चावहिलस्थित ओम अस्पतालमा प्रसाईँको निधन भएको हो । उनलाई पार्टीभित्र खुनपरुदे पनि भनिन्थ्यो ।

उनलाई उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि १ साताअघि ओम अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोना संक्रमण भएको थियो । उनकी श्रीमति पनि कोरोना संक्रमति भएको बुझिएको छ । नेपाली सेनाको शव व्यवस्थापन टोलीले दिउँसो ४ बजे प्रसाईँको दाहस्कार गर्ने बुझिएको छ ।

वि.सं. १९७८ मा ताप्लेजुङको हाङपाङमा जन्मिएका प्रसाईं पछिमात्र झापा झरेका थिए । वीपी कोइरालासँग प्रसाईं नजिक थिए । झापामा धेरै जमिन भएका उनले काँग्रेसलाई अप्ठ्यारो अवस्थामा आर्थिक सहयोग गरेका थिए । उनलाई पार्टीले कोषाध्यक्षको जिम्मेवारी पनि दिएको थियो । आर्थिक मामलामा उनी निकै मितव्ययी थिए ।

नेपाली काँग्रेसले लिएको लाइन र छोडेको सिद्धान्तले मर्माहत भएको भन्दै उनले बीपी पुत्र प्रकाश कोइरालाहरूसँग मिलेर दुर्गा पोखरेलको सभापत्विमा नेपाली काँग्रेस राष्ट्रवादी पार्टी स्थापना गरेका थिए । उनका श्रीमति, तीन छोरो र दुई छोरी छन् ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु