२४ बैशाख २०८१, सोमबार

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ५६३ पुग्यो


मृत्यु

काठमाडौँ, असोज २० । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको पुष्टि भएको छ । हिजो नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

नेपालमा आजसम्म कोरोना संक्रमित हुनेहरुको मृत्यु हुने प्रतिशत ०.६२ % रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ४ जना महिला र ५ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने ४ जना महिलामा काठमाडौँका २ जना, ललितपुरकी १ जना र नवलपरासी सुस्ता पूर्वकी १ जना रहेकी छन् । कोरोना संक्रमणवाट मृत्यु हुने ५ जना पुरुषमा तेह्रथुमका १ जना, सुनसरीका १ जना, ललितपुरका २ जना र चितवनका १ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ४ जना महिलामा काठमाडौँका ५९ र ६० वर्षीया २ जना, ललितपुरकी ६७ वर्षीया र र नवलपरासी सुस्ता पूर्वकी ७७ वर्षीया रहेका छन् । यस्तै मृत्यु हुने ५ जना पुरुषहरुमा तेह्रथुमका ३१ वर्षीय, सुनसरीका ६४ वर्षीय, ललितपुरका ६१ र ७७ वर्षीय र चितवनका ७० वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृतकको संख्या ५६३ पुग्यो, थप ९ जनाको मृत्यु

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !