६ जेष्ठ २०८१, आइतबार

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५२० पुग्यो


मृत्यु

काठमाडौँ, असोज १६ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको पुष्टि भएको छ । हिजो नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

नेपालमा आजसम्म कोरोना संक्रमित हुनेहरुको मृत्यु हुने प्रतिशत ०.६५ % रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ४ जना महिला र ७ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने ४ जना महिलामा भक्तपुरका २ जना, काठमाडौँकी १ जना र सुर्खेतकी १ जना रहेका छन् । कोरोना संक्रमणवाट मृत्यु हुने ७ जना पुरुषमा मोरङका १ जना, ललितपुरका २ जना, मकवानपुरका १ जना, रुपन्देहीका १ जना र बाँकेका २ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ४ जना महिलामा भक्तपुरका ६१ र ५१ वर्षीया २ जना, काठमाडौँकी ६७ वर्षिया र सुर्खेतकी ७५ वर्षीया रहेका छन् । यस्तै मृत्यु हुने ७ जना पुरुषहरुमा मोरङका २७ वर्षीय, ललितपुरका ३२ र ७० वर्षीय २ जना, मकवानपुरका ७८ वर्षीय, रुपन्देहीका ६० वर्षीय र बाँकेका ५२ र ५९ वर्षीय २ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५ सय नाघ्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !