२० बैशाख २०८१, बिहिबार

भरतपुर अस्पतालमा उपचाररत हेटौंडाका संक्रमित पुरुषको मृत्यु


भरतपुर अस्पताल

भरतपुर, असोज १६ । मकवानपुर जिल्लाको हेटौंडाका १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत हेटौंडा, न्युरेनीका ७८ वर्षीय वृद्ध पुरुषको शुक्रबार बिहान ७:३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

उनलाई चितवन मेडिकल कलेजको शिक्षण अस्पतालबाट बिहीबार राति १० बजे भरतपुर अस्पताल ल्याइएको थियो । निमोनियाका कारण श्वासप्रश्वासमा समस्या देखिएका उनलाई भरतपुर अस्पतालले तत्कालै भेन्टिलेटरमा राखेर उपचार सुरु गरेको थियो ।

योसँगै चितवनमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार यीमध्ये चितवनका २० जना छन् भने अन्य २० जना बाहिर जिल्लाबाट उपचारका लागि भरतपुर आएका कोरोना संक्रमितहरू हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !