२५ बैशाख २०८१, मंगलबार

बुटवल कोरोना अस्पतालमा उपचाररत कोरोना ‌संक्रमित पुरुषको मृत्यु


बुटवल कोरोना विशेष अस्पताल

बुटवल, असोज १६ । रुपन्देही जिल्लाका थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल कोरोना अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना-७ रामापुरका ४० वर्षीय कोरोना ‌संक्रमित पुरुषको मृत्यु बिहीबार राति ११:५० बजे अस्पताल स्रोतले जानकारी दिएको छ ।

असोज ११ गते कोरोना पोजिटिभ देखिएर होम आइसोलेसनमै बसेका थिए । स्वास्थ्यमा थप समस्या भएपछि असोज १३ गते अस्पताल भर्ना भएका उनलाई २ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

बुटवल कोरोना अस्पतालमा उपचाररत कोरोना ‌संक्रमित पुरुषको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !