१३ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५ सय नाघ्यो


मृत्यु

काठमाडौँ, असोज १५। नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको पुष्टि भएको छ । हिजो नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

कोरोना संक्रमित हुनेहरुको मृत्यु हुने प्रतिशत ०.६५ % रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट १ जना महिला र १० जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने १ जना महिलामा बाँकेकी १ जना रहेकी छन् । कोरोना संक्रमणवाट मृत्यु हुने १० जना पुरुषमा सुनसरीका ३ जना, काठमाडौँका २ जना, ललितपुरका १ जना, भक्तपुरका १ जना र रुपन्देहीका ३ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने १ जना महिलामा बाँकेकी ३४ वर्षीया रहेकी छन् । यस्तै मृत्यु हुने १० जना पुरुषहरुमा सुनसरीका ५६, ५० र २७ वर्षीय ३ जना, काठमाडौँका ७८ र ६८ वर्षीय २ जना, सप्तरीका ३९ वर्षीय, ललितपुरका ४८ वर्षीय, भक्तपुरका ६८ वर्षीय र रुपन्देहीका ८०, ५५ र ४२ वर्षीय ३ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृतकको संख्या ५०९ पुग्यो, थप ११ जनाको मृत्यु

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु