८ मंसिर २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो


मृत्यु

काठमाडौँ, असोज १४ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको पुष्टि भएको छ ।

कोरोना संक्रमित हुनेहरुको मृत्यु हुने प्रतिशत ०.६५ % रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट २ जना महिला र ५ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने २ जना महिलामा काठमाडौँका २ जना रहेका छन् । कोरोना संक्रमणवाट मृत्यु हुने ५ जना पुरुषमा सुनसरीका १ जना, मोरङका १ जना, सप्तरीका १ जना, काठमाडौँका १ जना र रुपन्देहीका १ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने २ जना महिलामा काठमाडौँका ३४ र ८६ वर्षीया रहेका छन् । यस्तै मृत्यु हुने ५ जना पुरुषहरुमा सुनसरीका ६० वर्षीय, मोरङका ६० वर्षीय, सप्तरीका ३९ वर्षीय, काठमाडौँका ५४ वर्षीय र रुपन्देहीका ८२ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४९१ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !