७ बैशाख २०८१, शुक्रबार

बाँकेमा कोरोना संक्रमणबाट थप २ जना पुरुषको मृत्यु


मृत्यु

बाँके, असोज १३ । बाँके जिल्लामा आज मंगलबार कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका- १० का ५३ वर्षीय पुरुष र नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत ४१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार १ जना पुरुषको मंगलवार बिहान २ बजेतिर र अर्काको बिहान ३ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो । उनीहरुलाई भेन्टिलेटरमा राखेर प्लाज्मा थेरापी लगायत सबै प्रकारका उपचारका विधि अपनाएर उपचार गरेपनि स्वास्थ्यमा सुधार नआएको अस्पतालले जनाएको छ ।

दुवै जनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो । दुवै जना भेन्टिलेटरमा थिए । नेपालगन्जका मृतकको घर दाङको घोराही हो । उनी लामो समयदेखि नेपालगञ्जमा बस्दै आएका थिए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म बाँकेका ९ र बाहिरी जिल्लाबाट उपचारका लागि ल्याइएका ७ जनाको मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !