काठमाडौँ, असोज १२ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको पुष्टि भएको छ ।
कोरोना संक्रमित हुनेहरुको मृत्यु हुने प्रतिशत ०.६५ % रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।
बिगत २४ घण्टामा कोरोना संक्रमणवाट २ जना महिला र २ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने २ जना महिलामा सुनसरीकी १ जना र भक्तपुरकी १ जना रहेकी छिन् । कोरोना संक्रमणवाट मृत्यु हुने २ जना पुरुषमा बाँकेका १ जना र गुल्मीका १ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने २ जना महिलामा सुनसरीकी ३८ वर्षीया र भक्तपुरकी ५१ वर्षीया रहेकी छिन् । यस्तै मृत्यु हुने २ जना पुरुषहरुमा बाँकेका ४७ वर्षीय र गुल्मीका ३४ वर्षीय रहेका छन् ।
यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४७७ पुग्यो