८ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो


मृत्यु

काठमाडौँ, असोज १० । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको पुष्टि भएको छ ।

कोरोना संक्रमित हुनेहरुको मृत्यु हुने प्रतिशत ०.६५ % रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ८ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने ८ जना पुरुषमा सप्तरीका १ जना, काठमाडौँका २ जना, भक्तपुरका १ जना, मकवानपुरका १ जना, ललितपुरका १ जना, रुपन्देहीका १ जना र कैलालीका १ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ८ जना पुरुषमा सप्तरीका ६३ वर्षीय, काठमाडौँका २० र ७४ वर्षीय २ जना, भक्तपुरका ८८ वर्षीय, मकवानपुरका ७४ वर्षीय, ललितपुरका ७६ वर्षीय, रुपन्देहीका ७२ वर्षीय र कैलालीका ३० वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !