२२ बैशाख २०८१, शनिबार

बुटवल कोरोना अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमित पुरुषको मृत्यु


बुटवल कोरोना विशेष अस्पताल

बुटवल, असोज ८ । बुटवलमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जना पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका १/१ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए । उनीलाई ७ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो ।

साथै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका-६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको बताइएको छ । उनी पनि ७ दिनदेखि भेन्टिलेटरमा राखेर उपचाररत थिए ।

यो पनि पढ्नुहोस्

डडेल्धुरा अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित युवाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !